पाँच दिन ठूलो वर्षाको सम्भावना : यी प्रदेशमा अति जोखिम सतर्क रहन सबैमा आग्रह 

काठमाडाै,साउन ४।  आज रातिदेखि देशभर मनसुन सक्रिय भई अधिकांश स्थानमा लगातार वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

जल तथा मौसम विज्ञान विभागलगायत निकायले केही दिनअघि नै सूचना जारी गरी आजदेखि ५ दिन देशभर हल्कादेखि अति भारीसम्म वर्षाकाे सम्भावना रहेकाे भन्दै  बाढी, पहिरो तथा डुबानबाट ज्यान जोगाउन आम नागरिकलाई आग्रह गरिसकेको छ ।

 पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाउन आग्रह 

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ नजिक आइरहेकाले आजदेखि कम्तीमा ५ दिन देशभर भारि वर्षा  जारी रहने सम्भावना छ।

 

 

मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको बताएकाे छ ।

 

सूचनामा भनिएको छ, ‘अहिलेलाई प्रदेश ५, प्रदेश ४, बागमती प्रदेश र प्रदेश २ का एक/दुई स्थानमा मेघगर्जन र चटयाङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेकाे छ ।

 

महाशाखाका अनुसार राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा प्रदेश १ का थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

 

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ४ गते (आइतबार)

दिउँसो:देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

 

 

राति :देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन ५ गते (सोमबार)

दिउँसो:देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

 

 

राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन ६ गते (मंगलबार)

दिउँसो:देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

 

राति : देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

बढ्यो बाढीपहिरोको जोखिम

वर्षा बढेसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशैभरजसोका खोलारनदीमा बाढी आइरहेको उल्लेख गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।