बाजुरा जिल्लाका नौ वटै स्थानीय तहमा २९ करोड भन्दा बढी अनियमिता

  बाजुरा,साउन ४।बाजुरा जिल्लाका नौ वटै स्थानीय तहमा व्यापक अनियमिता भएको पाइएको छ।महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिए अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै बेरुजु बढ्दो क्रममा रहेको जनाएको छ।

 

नौ वटै स्थानीय तहको सबै भन्दा बढी बेरूजु बुढिनन्दा नगरपालिकाको रहेको छ । बुढिनन्दा नगरपालिकाको ६ करोड २९ लाख ५२ हजार रहेको छ।त्यसैगरी दोस्रोमा हिमाली गाउँपालिकामा ६ करोड २३ लाख ७ हजार रहेको छ।त्यस्तै तेस्रोमा स्वामीकार्तिक खापर गाउँपालिकामा ४ करोड ८९ लाख ८३ हजार बेरुजु रहेको छ।

 

त्यस्तै खप्तड छेडेदह गाउँपालिकामा ३ करोड १२ लाख ७८ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गौमुल गाउँपालिकामा २ करोड ३३ लाख ९० हजार रहेको उल्लेख छ।

 

त्यस्तै जगन्नाथ गाउँपालिकामा २ करोड २९ लाख ३ हजार रहेको छ।त्यस्तै त्रिबेणी नगरपालिकामा १ करोड ८२ लाख २५ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।त्यस्तै बुढिगंगा नगरपालिकामा १ करोड ४२ लाख ४३ हजार रहेको छ ,भने सबै भन्दा कम बडिमालिका नगरपालिकाको रहेको छ । बडिमालिका नगरपालिका ९५ लाख २१ हजार मात्र रहेको छ ।

 

दुई आर्थिक वर्ष ०७४।०७५ र ०७५र०७६ मा ९ वटै स्थानीय तहको २९ करोड ११ लाख ९२ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। केही कागज नमिलाएको र केही अनियमित तरिकाले भ्रष्टाचार भएको रकम असुल गर्ने महालेखाको कार्यालयले जनाएको छ ।

 

विनियोजित बजेटको आधारमा हिमाली गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी १३ दशमलव  ३ प्रतिशत बजेट निकासी भएको छ भने दोस्रोमा स्वामीकार्तिक खापर गाउँपालिकाले ७ दशमलव ७८ प्रतिशत निकासी रहेको छ। त्यसैगरी बुढिनन्दा नगरपालिकामा ७ दशमलव १७ प्रतिशत रहेको छ ।

 

त्यस्तै जगन्नाथ गाउँपालिकामा ४ दशमलव ७४ प्रतिशत निकासी रहेको छ। त्यस्तै गौमुल गाउँपालिकामा ४ दशमलव ६२ प्रतिशत निकासी रहेको छ।त्यस्तै खप्तड छेडेदह गाउँपालिकामा ४ दशमलव १३ प्रतिशत निकासी रहेको छ।त्यस्तै बुढिगंगा नगरपालिकामा १ दशमलव ८७ प्रतिशत भने  त्रिबेणी नगरपालिकामा २ दशमलव ६६ प्रतिशत बजेट आएको छ ।

सबैभन्दा कम बजेट सदरमुकाममा रहेको बडिमालिका नगरपालिकामा रहेको छ। सो नगरपालिकामा १ दशमलव २४ प्रतिशत मात्र बजेट निकासी गरेको महालेखाको प्रतिवेदनले देखाएको छ।