नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि,थप १७३ जना डिस्चार्ज,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,साउन ५ ।नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण गर्दा १८६ जनामा  संक्रमण पुष्टि भएको हो ,भने थप १७३ जना डिस्चार्ज भएका छन् । 

 

याे सँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।  ११ हजार ८६८ जना निको भएर घर फर्किएका छन्।उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले जानकारी दिएका छन्।

कुन जिल्ला कति थपिए संक्रमित 

देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका ८, रुकुम पूर्वका ७, दाङ र सुनसरीका ६/६ जनामा ,पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका ४/४ जना, झापा र सल्यानका ३/३ जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका २/२ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा १/१ जना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा गौतमले जानकारी  दिएका छन् ।