संयुक्त विरोध प्रदर्शनमा सहभागी हुन ६ वटा ट्रेड युनियन महासंघको सम्पुर्ण मजदुर वर्गमा अपिल

काठमाडौं,साउन १३ । ६ वटा ट्रेड युनियन महासंघले श्रावण १६ गते माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेका छन् । मंगलबार एक संयुक्त अपिल जारी गर्दै कोरोनाको त्रासदी र जारी लकडाउनले नेपाली मजदुर वर्गको जीवन अपुर्व संकटको स्थितिबाट गुज्रिरहेको र यही अवस्थामा मजदुरको तलब सुविधा कटौती, लाखौं मजदुर रोजगारीबाट निष्कासित, मजदुर हरुको आत्मदाह र मृत्युको स्थिति आउँदासम्म राज्य र सरोकारवाला निकायले मजदुरका समस्याको पहिचान, अध्ययन र वैज्ञानिक समाधान दिनुको सट्टा उल्टै मजदुरलाई धम्की, दमन र कारबाहीको नीति लिएकोले त्यसका विरुद्ध संघर्षमा उत्रन सम्पूर्ण मजदुरहरुमा आव्हान गरेका छन् । 

 

अपिलमा मजदुर विरोधी कथित ट्रेड युनियन र हान–रेवनको बिचमा भएको मजदुर विरोधी सम्झौताको विरोध, भण्डाफोर र प्रतिरोध गर्ने उल्लेख छ । यसैगरी श्रमजीवी पत्रकारहरुको आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्दै अपिलमा भनिएको छ, “अहिले पनि संघीय राजधानी र देशका विभिन्न ठाउँमा मजदुर कटौतीको लहर चलिरहेको छ । यो सँगै श्रमजीवी पत्रकार र मजदुर हरु आन्दोलनमा होमिएको स्थिति छ । हामी संघीय राजधानी र अन्यत्र भएका मजदुर संघर्षमा समर्थन र ऐक्यबद्धता जाहेर गर्दा संघर्षलाई देशव्यापी बनाउन उत्पीडित मजदुर मित्रहरुलाई अपिल गर्दछौं ।


“श्रावण १६ गते दिनको १ बजे माइतीघर मण्डला जाऔं १ -आधारभुत रूपमा यो राज्यसत्ता सँग १।मजदुर विरोधी सम्पुर्ण कानुनको खारेज २-मजदुर विरोधी सम्पुर्ण सम्झौताको भन्डाफोररअस्विकार ३-रोजगारी र तलब सुविधा कटौतीको विरोधरअस्विकार, ४-मजदुर वर्गको गाँस, बास, स्वास्थ्य, सुरक्षा र रोजगारी ग्यारेन्टीको माग गरौं १ नेपालको मजदुर आन्दोलनलाई मजदुर वर्गको वास्तविक मुक्तिको आन्दोलनमा बदलौं१ यो संकटलाई नयाँ सम्भावना र मजदुर वर्गको नयाँ विजयको उचाई सम्म पु¥याउने साहस गरौं १“अपिलमा आव्हान गरिएको छ ।

 

अपिल जारी गर्ने संगठनहरुमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, जनता समाजवादी निकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, माओवादी केन्द्र निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ(पिकोण्ट), नेकपा संयुक्त निकट नेपाल ट्रेड युनियन फेडेरेसन र स्वतन्त्र ट्रेड युनियन महासंघ रहेका छन्।