नरहरिनाथ गाउँपालिकाका सातका वडाध्यक्ष एक स्थानीय महिलासँग नाङ्गै समातिएपछि…

 
कालिकोट,साउन १६। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सत्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वर्कमा (प्रकाश) एक स्थानिय महिलासंग अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन ।

 

नरहरिनाथ गाँउपालिका वडा नं. ७ कै एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा अन्य स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् ।

माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यस भन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।

 

स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गलौज गर्ने र स्थानिय महिलाहरुलाई दुर्ब्यवहार गर्ने गरेको बताए । उनले भने -वडा अध्यक्ष, जेमन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् ।

 

गाँउमा बिभिन्न अपराध गर्ने र पछि धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेको उनले बताए । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका विश्वकर्माले पटक-पटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

 

यता वडा अध्यक्ष बिकले रंगेहात पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, आरोपित महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको बिषयमा बिबाद भएपछि मदीरा सेवन गरेको बेला सामान्य बिबाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ भनेर आलटाल गर्दै आएका छन्। तर स्थानीय वासिन्दाले भने वडा अध्यक्षले यस्ता काम पटक – पटक गर्दै आएको बताएका छन्।