नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज,कुन जिल्लामा कति थपिए संक्रमित

 काठमाडौं,साउन,१८ ।  नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएकाे परिक्षणमा ८ हजार ८३१ स्वाब संकलनमा २४६ जना संक्रमित भेटिएका छन्।

 मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

आज कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।  डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना पुगेका छन् । कोरोना संक्रमणका कारण अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जना ,धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जना ,नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।