राजस्व अनुसन्धान अधिकृत २ लाख घुससहित पक्राउ

बुटवल,साउन,२० ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको टोलीले कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित आज पक्राउ परेका छन् ।

 

 

 राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना ,चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट उनलाइ पक्राउ गरिएकाे हाे।

 

 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा स्टिङ अपरेसन गर्दा कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरूपयाेग अनुसन्धान आयोगकाे स्राेतले जानकारी दिएकाे छ । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको आयोगले जानाएकाे छ।