नेपालमा थप २५९ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

 काठमाडौं, साउन, २०। नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सममेलनका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

 

 काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए ।

 

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ भने  हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका  छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना ,सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जना ,गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।