नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु, कुन जिल्लामा कति थपिए संक्रमित

  काठमाडौं,साउन २६ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 काेराेना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

 

याे सँगै नेपालमा कोरोना संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ भने १६ हजार ४९३ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४० जना डिस्चार्ज भएर घरफर्किएका छन् ।

 कुन जिल्लामा कति थपिए संक्रमित

 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना ,काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जना ,कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एक/एक जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।