भारतबाट नेपालमा काम गर्न आउन नपाइने सरकारको निर्णय

  काठमाडौं,साउन २७ ।नेपाल सरकारकाे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब भारतबाट काम गर्न नेपाल आउनेलाइ प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रवक्ता एवंम सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

 

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारले जनाएकाे छ।