आफ्नै गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान र सासु पक्राउ

लहान,भदाै २ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनकै श्रीमान  २० वर्षीय धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको छ ।मृतक महिला गर्भवती भएकाे पनि सिरहा प्रहरीले जनाएकाे छ।

 

करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्द्र दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका  श्रीमान र सासूलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

 

 

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी  जनाएकाे छ । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्द्रले जानकारी दिएका छन् । प्रहरीका अनुसार अभियुक्तकाे थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।