खत्याड गाउँपालिकालाइ सहास नेपालले १ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

मुगु,भदाै ३। काेराेना भइरसकाे जाेखिम कम गर्न खत्याड गाउँपालिकामा सहयाेगी हातहरुकाे समूह सहास नेपालले स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।  काेराेना राेगथामका लागि खत्याड गाउँपालिका स्वास्थ्य शाखालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर गाउँपालिकाले ११ वटा स्वास्थ्य चाैकीलाइ बितरण गरेकाे हाे।

 

  सहयाेगी हातहरुकाे समूह सहास नेपाल इल्लिप परियाेजना संस्थाले खत्याड गाउँपालिका स्वास्थ्य शाखालाई के.एन ९५ माक्स ८७ पिस सर्जिकल माक्स ९ सय ५० पिस, सेनेटाईजर ५ सय एम.एलका २४ बाेतल, सेनेटाईजर ५ लिटर १० बाेतल, र  ११ सेट पिपीई सेट सर्जिकल गाेलप्स डिटाेल साबुन ९४ पिस र चार वटा थर्मगनलगायतका स्वास्थ्य सामाग्री खत्याड गाउँपालिकालाइ सहास नेपालले हस्तान्तरण गरेकाे हाे।

खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावल र स्वास्थ्य साखा प्रमुख टक्क बहादुर डागरलाइ बिभीन्ना स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे सहास नेपाल इलिप परियाेजना अधिकृत नवीन अधिकारीले बताउनु भयाे ।

 

उँहाका अनुसार काेभिड – १९ राेकथाममा सहयाेग पुग्ने भए पछि सहास नेपालले अझै पनि सहयाेग गर्दै जाने  र अहिले एक लाख बराबरकाे   स्वास्थ्य सामाग्री खत्याड गाउँपालिकालाई हस्तान्तरण गरेकाे परियाेजना अधिकृत अधिकारीले बताउनु भयाे ।