कोरोना संक्रमितको उपचारमा ‘हेलचेक्राईं’

बारा,भदौ ९ । बारामा कोरोना पोजेटिभसँग हेलचेक्राई गरिएको खबर प्राप्त भएको छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ का प्रदिप गुप्ता ९नाम परिवर्तित० लाई कोरोना पोजेटिभ भएपछि चेकजाँचमा हेलचेक्राईं गरिएको छ ।

 

चितवन मेडिकल कलेजबाट उनको रिपोर्ट पोजेटिभ आएपछि उनी उपचारको लागि गाउँपालिका अध्यक्षलाई गुहारेका थिए । गाउँपालिका अध्यक्षले बेवास्ता नगरेपछि उनी जिल्ला प्रशासन कार्यलय धाएका थिए ।

 

पछि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको समन्वयमा पर्सा जिल्लाको अस्थाई कोभिड अस्पताल विरगंज हेल्थ केयरमा उपचारको लागि पठाइयो । तर विरगज हेल्थ केयरले बाराको कोरोना पोजेटिलाई उपचार गर्न नमानेपछि गुप्ता फेरी अन्यौलमा परे ।

 

फेरी गाउँपालिका अध्यक्षलाई पीडित परिवारले गुहार गरेपछि गाउँपालिका अध्यक्षले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बाराको कलैया उपमाहनगरपालिका वडा नम्वर ३ गंगापुरमा अस्थाई रुपमा बनाईएको क्वारेन्टाइनमा पठाइयो । दुर्भाग्यवस गंगापुर अस्थाई क्वारेनटाइनमा पनि उपचारको लागि नलिएपछि बेसाहारा गरिब गुप्ता परिवार बिच्चलीमा परेका छन् ।

 

सरकारले करोडौं बजेट कोरोनाको नाममा ब्रहमलुट गरे पनि आम गरिब समुदायमा अहिलेसम्म सरकारको कोरोनाको बजेटको अनुभुति गर्न सकेका छैनन् ।

 

एउटा उदाहारण मात्र हो महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पनि केहि दिन पहिला आफनो नगरपालिकाको कोरोना चेकजाँच गर्न पठाउदा बाराको विरामीको चेक नगर्ने भनेर फर्काइएको नगरप्रमुख यादवले आरोप लगाएका छन् ।

 

प्रदेश नम्बर २ अन्र्तगत रहेको एक मात्र नारायणी उपक्षेत्रिय अस्पतालले आफ्नो जिल्लाको संक्रमितको पिसिआर मात्र चेकजाँच गर्ने भनी अरु स्थानीय तहबाट आएको स्वाब चेकजाँच नै नगरी फिर्ता पठाएको प्रति नगरप्रमुखले खेद प्रकट गरेका छन् ।

 

नरायणी उपक्षेत्रिय अस्पतालले अर्को जिल्लाबाट आएको स्वाब परिक्षण नगर्दा महागढीमाईमा संक्रमितको सम्पर्कमा आएको ब्यक्तिको स्वाब परिक्षणको लागि शनिबार राती काठमाडौ पठाईएको उनले जानकारी गराएका छन् ।

 

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले यस्तो विषम परिस्थितीमा पनि मतभेद गर्दा मनावता हराएका बताए । यसरी एक जिल्लाको व्यतिmले अर्को जिल्लाको व्यक्ति ग गर्ने व्यवहारले गर्दा समाजमा हिसां फैलन सक्ने खतरा रहेको उनले बताए ।

 

गंगापुर स्थित क्वारेन्टाइन एक सय बेडको क्षमता भएता पनि हाल जम्मा ३४ जना संक्रमितहरु उपचारर्थ रहेका छन् । जिल्ला प्रशासन कार्यलयको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म कोरोना पोजेटिभबाट १० जना संक्रमित भएर ज्यान गुमाइसकेको छन् ।राजधानी दैनिकमा खबर छ।