कर्णाली नदीमा बगेर बाख्रा चराउन गएका दुई बालक बेपत्ता

दैलेख,भदाै ९। दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक कर्णालीमा नदीमा बगेर दुई बेपत्ता भएका छन्। आज दिउँसो पौडी खेल्नेक्रममा उनीहरु कर्णाली नदीमा बगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

 

नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन र स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए। 

 

प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन्। स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पनि खोजी कार्यमा खटिएकाे स्थानीयले जानाएका छन्।