नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थप २३२ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

  काठमाडौं,भदौ ९। नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार ११ हजार ३ सय २७ जनाकाे स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् भने  डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । थप ७ जना संक्रमितकाे मृत्यु  , मृतककाे संख्या १६४ पुगेकाे छ।

 

त्यस्तै काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित 

 मन्त्रालयका अनुसार सबै भन्दा धेरै काठमाडौंमा १९९ , सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, ललितपुरमा  र अछामका १९/१९ दाङका १८, बारा र महोत्तरीका १७/१७ जना, सुनसरी र कैलालीका १६/१६ जना, बाँकेका १५, भक्तपुरमा १४ जना, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९/९ जना ,धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बार्दियाका ६/६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५र५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २/२ जना ,उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १/१ जना संक्रमित थपिएका छन् ।