नेपाल बिद्युत प्राधिकरणको सिईओमा पुन: कुलमान घिसिङ नियुक्त

काठमाडौं,भदाै ९। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङलाई दोस्रो कार्यकाल पनि निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने निर्णय गरेको स्रोतले जनाएको हाे।

 

लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेकाले उनलाइ फेरि पनि पुन: कार्यकाल थप गरिएकाे स्राेतले जनाएकाे हाे।

 

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुन कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट दबाव दिदै आएइ रहेका छन्।  सरकारको सो निर्णयको आधिकारिक पुष्टि भने भएको छैन।