नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १८६ जना संंक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,भदाै १३। नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५१६ जनाकाे स्वाब संकलन गरि परीक्षण गर्दा ८८४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै  काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् ।

काेराेना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भए सँगै मृतकाे संख्या २०७ जना पुगेकाे छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

सबै भन्दा धेरै काठमाडौंका १५५ जना,सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुसनरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे,ललितपुरका,दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६,भक्तपुरका १२ जना, नवलपरासी  र सुर्खेत १० जना तथा धादिङ र मकवानपुरका ९/९ जना ,रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।