कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ १३ । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा ट्राफिक प्रहरीलाइ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 

प्रभागमा कार्यरत दुई जना ट्राफिक प्रहरी लाई ज्वरो आएपछि स्वाब संकलन गरिएकाे थियाे। दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो।

 

उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । याे सँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा काेराेना संक्रमण पुष्टि भएको छ।