नेपाली सेनाका ४१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ १४ ।  नेपाली सेनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हिजो साँझसम्म मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो। 

 

नेपाली सेनाका अनुसार हालसम्म ११८ जना डिस्चार्ज भएका छन् भने संक्रमितमा कर्णाली प्रदेश र प्रदेश २ का सैनिकमा धेरै संक्रमण देखिएकाे स्राेतले जनाएकाे छ।  

 

सेनाका अनुसार होल्डिङ सेन्टर, क्‍वारेन्टिन ,आइसोलेसन र कारागारको सुरक्षामा खटिएका सेनाहरु बढी संक्रमित भएकाे पाइएकाे छ । सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरूको शव व्यवस्थापनको महत्त्वपूर्ण भूमिका खेल्दै  आएको छ।