निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं,भदौ १६ । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

 

जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ ।त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।

 

त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि सेप्टेम्बरको चार्टर उद्धार उडान तालिकासमेत सार्वजनिक गरिएको जनाएको छ । चार्टर उद्धार उडानका लागि निगमले जेद्दामा आगामी ५, ११ र २७ सेप्टेम्बर, दमाममा आगामी ७ सेप्टेम्बर, कुवेतमा १४ सेप्टेम्बरमा उडान भर्नेछ ।

 

निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ।

 

यसैगरी, दोहामा आगामी १५, २१, २२, २७ र २९ सेप्टेम्बरमा र रियादमा आगामी १९ सेप्टेम्बरमा नै उडान भर्ने नयाँ तालिका बनाइएको निगमले जनाएको छ ।

नयाँ श्रमिक पनि विदेश जान पाउने

सरकारले रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तव्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार वैदेशिक रोजगारीमा जान चाहने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो ।

 

माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

 

सरकारको नयाँ निर्णयअनुसार अब नेपाली कामदार लैजान बाटो खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति पनि जारी हुनेछ । यसअघि सरकारले बिदामा आएकालाई फर्किन पुनः श्रम स्वीकृति दिन थालिसकेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को गत ७ असारमा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि श्रम स्वीकृति दिन सक्ने अधिकार दिएको थियो ।

 

सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरू जान पाउने बाटो खुला गरेको थियो ।

 

अब नयाँ सर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो । गत ३० फागुनदेखि नयाँ श्रम स्वीकृति बन्द थियो । अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरू जान पाउनेछन् ।राजधानी दैनिकमा खबर छ।