तिन दिनको मौसम पूर्वानुमान: मेघगर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौ,भदौ १६। मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ।

न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ।

हालको मौसमको अवस्था  

हाल देशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एकरदुइ स्थानहरुमा भारी वर्षा समेत भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र १६ गते (मंगलबार)

दिउँसो :देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

 

राती :देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १७ गते (वुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एकरदुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती स् देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एकरदुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

राती :देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।