बाग्लुङमा बाढीले बस्ती बगायो : मृत्यु हुँनेको संख्या ८ पुग्यो,अझै वेपत्ताको खोजी कार्य जारी

बागलुङ,भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिकाको तटीय वस्तीमा बाढीले बगाउदा ८ जनाकाे मृत्यु भएकाे छ। सुकुर्दुङ स्थित भूजी खोलाको बाढीमा १३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर ठुलाे क्षति गरेकाे छ। घटना स्थलमा फेला परेको ८ जनाको शवको पहिचान हुँन सकेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार वेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो ।

 

बाढी पीडित परिवारका सदस्यले दिएको जानकारी अनुसार वेपत्ताको संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ। फेला परेका ८ जनाको पहिचान नहुँदा वेपत्ता मध्येका काेहुँन् वा अन्यको शव फेला परेको भन्ने एकिन भइसकेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार वेपत्ता हुँनेमा ढोरपाटन नगरपालिका–९ बस्ने कौशला पुन, निजको छोरा हिक्मत पुन, सोही स्थानका जीत बहादुर घर्ती, राजु घर्ती, कुमारी बि.क.,पुतली बि.क. करमती घर्ती मगर, रीना घर्ती मगर, दिलमाया घर्ती मगर, निजको छ वर्षीय छोरा नाम नखुलेको, डोटी पुन, टुलमती पुन र नाम नखुलेका ढोरपाटन घुम्न आएका एक जना पर्यटक वेपत्ता भएका छन् ।

 

पर्यटक संगै मोटर साइकलमा आएका अन्य तीन जना सकुशल रहेको प्रहरीले जनाएकाे छ । अरिवरल वर्षा संगै गयराति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको प्रहरीले जनाएकाे छ ।