नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थप ४४५ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

 काठमाडौं ,भदौ,१८ । नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

याे सँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । उनीहरुमध्ये २५७ जनाको मृत्यु भएको छ । २४ हजार २०७ जना कोरोनमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४४५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना छन् ।

 

यस्तै सर्लाहीका १०९ जना, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, मोरङका ४६, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११ तथा गुल्मी र बझाङका १०/१० जना ,लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८, ओखलढुंगा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६र६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालीकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ र जाजरकोटका १/१ मा संक्रमण देखिएको छ ।