अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयलाइ अनलाइन परीक्षा लिने नाममा विद्यार्थीबाट पैसा नअसुल्न चेतावनी

  काठमाडाै,भदाै १८ । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा लिने नाममा विद्यार्थीहरुबाट जबरजस्ती फि असुल्नका लागि ताकेता गरेर षडयन्त्र गरेको र व्याक पेपरवालाहरुलाइ परिक्षाबाट वन्चित गर्न लागिएकाेले त्यस्ताे कार्य तत्काल राेक्न अखिल क्रान्तिकारीले चेतावनी दिएकाे छ।

 

त्यस्तै यो नितान्त क्याम्पस सञ्चालकहरुको दवावमा अर्थिक संकलनलाई मध्यनजर गर्दै षडयन्त्रपूर्ण ढंगले गरिएको निर्णयको अविलम्व खारेजीको माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयको इकाई व्यवस्थापन कार्यालय घट्टेकुलोमा विरोध कार्यक्रम आज सम्पन्न गरिएकाे छ। 

 

उक्त विरोध कार्यक्रमलाई अखिल क्रान्तिकारीको अध्यक्ष हरिकृष्ण गजुरेलले सम्वोधन गरेका थिए भने सञ्चालन विद्यार्थी नेता जितेन्द्र लम्शालले गरेका थिए ।

 

व्यापकरुपमा प्रहरी तैनाथ गरिएको उक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले षडयन्त्रपूर्वक तरिकाले क्याम्पस सञ्चालकहरुको दवावमा गरिएको विद्यार्थी तथा उनका अभिभावक विरोधी निर्णयको अविलम्व खारेजीको माग गदै न्यायोचिद र समयसापेक्ष निर्णय गर्न अध्यक्ष गजुरेलले आव्हान गरेका थिए।

उनले भने पूर्वाञ्चल विश्वविद्यालयले यो कार्यक्रमलाइ सानाे नठानिहाेस् याे अहिले एउटा सांकेतिक विरोध कार्यक्रम मात्र हो।

यो विरोधलाई ध्यान दिएर सबै सरोकारवालाकहरुको सहभागितामा सबैलाई चित्त बुझदो न्यायोचित ढंगले निर्णय गरेर अगाडि बढनका लागि आव्हान समेत गरेका छन्। 

 

सम्वोधनमा उनले यदि जवर्जस्ति ढगले अगाडि बढने प्रयास गरिएमा त्यसबाट उत्पन्न हुने जटिलताको लागि पूर्वाञ्चल विश्वविद्यालय प्रशासन स्वयम् जिम्मेवार रहने छ ,र यस्तो जनविरोधी निर्णयको खारेजीका लागि हाम्रो संगठन शैक्षिक दलाल तथा माफियाहरुका विरुद्ध सशक्त संघर्षमा उत्रने चेतावनी समेत दिन चाहान्छाै उनले भने।