नेपाली भूमीको आकासमाथि भारतीय लडाकु बिमान उडाउदै

काठमाडौ ,भदौै २१ । भारतले केही दिन यता चीनसंग लद्दाकमा फेरी समस्या सुरु भएपछि उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा बनाएको छ। भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी सैन्य अखडा बनाएको   ति क्षेत्रका आकासमा लडाकु विमानले गस्ती सुरु गरेको देखिन्छ।

 

 

नेपाली भूभागसहित मिलम क्षेत्रमा भारतीय सुरक्षा संयन्त्रहरु उच्च सर्तकतामा रहेको र चीन सीमा नजिक भारतीय लडाकु बिमानले मंगलवार र बुधवार दुई पटक उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

लिपुलेक पछि मिलम क्षेत्रमा पनि सुरक्षा बलको तैनाथी बढाइएको र लद्दाखमा चिनिया सैनिकहरुको घुसपैठ प्रयास पछि सुरक्षा संयन्त्रहरु विशेष सतर्कता अपनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले दाबी गरेको छ।

 

‘सीमा क्षेत्रमा गस्ती बढाइएको छ,’ उसले बिहीवार लेखेको छ,‘हवाई मार्गबाट पनि भारतीय सेना सीमाको निगरानी गरिरहेको छ।’दार्चुलाको व्यास क्षेत्रमा हवाई गस्ती सुरु गरेको छ ।

 

नेपालको आकासमा आजभोली दिनहुँ चार पाँच पटक भारतीय वायु सेनाको जेट लुडाुकु विमानले उडान भर्ने गरेको स्थानियले बताएका छन् ।

 

एक साता देखि यस्तो सिलसिला चलेको स्थानियको भनाई छ । नेपाली आकासमा भारतका ठूल- ठूला जेट र हेलिकप्टर देखिएका छन् । नेपाली बस्तीमाथि माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो भारतका हेलिकप्टरको उडान भइरहेको स्थानियको भनाई छ ।

 

लद्दाखमा तुनाव बढेसँगै भारतले ४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको छ । लद्दाखमा भारत र चिनियाँ सेनाबीच बारम्बार झडप हुने गरेका छन् ।

 

बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती देखेपछि स्थानिय पनि डराएका छन् । धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएको देखेपछि स्थानिय डराएका हुन् ।