उपत्यकामा सार्वजनिक यातायात जोरविजोर चल्ने : व्यवसायमा बार तोकियो कुन बार कुन पसल खोल्न पाइने (आदेशको पूर्णपाठसहित)

काठमाडौं,भदौ,२४ । काठमाडौं उपत्यकामा तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन् ।

 काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

 

निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

 

ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । 

 

मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको आदेशको पूर्णपाठ