उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै यातायात खुलेपछि बढ्यो चलहपहल

काठमाडौं ,भदौ,२५ । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छन् । निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।

 

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।