भिन्न आस्थाका आधारमा फासीवादी दमन बन्द गर !
भिन्न आस्थाका आधारमा फासीवादी दमन बन्द गर !
नेपालको केपी ओली नेतृत्वको सामाजिक फासीवादी सत्ताले भिन्न राजनीतिक आस्था राखेकै आधारमा लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ” विरही ” लाई पटक पटक गिरफ्तार गर्ने , झुठा अभियोग लगाई बन्दी बनाई राख्ने गरेको र हाल ढाडको गंभीर समस्याकारण चितवन अस्पतालमा भर्ना भई उपचार गराइरहेको अवस्थामा उहाँलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी मानिसको बाँच्न पाउने मानवअधिकारप्रति समेत खेलवाड गर्दै धनुषा प्रहरीलाई बुझाएको र त्यहाँको अदालतले रिहा गरिसके पछि प्रहरीले पुनः गिरफ्तार गरी सुनसरी जिल्ला प्रहरीलाई बुझाएर थुनामा राख्ने र एक पछि अर्को गर्दै झुठा अभियोगहरु लगाउदै अराजनीतिक र अमानवीय व्यवहार प्रदर्शन गर्दै आएकोले विश्वभर क्रियाशील लेखक तथा पत्रकारहरुको हाम्रो प्यारो छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , काठमाडौ , नेपाल यस प्रकारको तानाशाही तथा फासीवादी दमनको घोर विरोध र भ्रत्साहना गर्दछ ।
उहाँलाई तुरुन्त ससम्मान रिहा गरी उचित आौषधोपचार गर्न र अब आइन्दा कुनैप्नति पनि यस प्रकारका तानाशाही एवं फासीवादी दमनचक्रहरु तुरुन्त बन्द गरी मानवअधिकारको प्रत्याभूति हुने गरी राजनीतिक एवं मानवीय व्यवहार प्रदर्शन गर्न ओली नेतृत्वको सामाजिक फासीवादी सत्तालाई कडा चेतावनी स्वरुप सबै प्रकारका फासीवादी हर्कतहरु नदोहोर्याउन आह्वान गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित
मिति : १० सेप्टेम्बर २०२०
(२५ भदाै २०७७)
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल
