आज फेरि सुन,चाँदीको मूल्य बढ्यो, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं,भदौ २५ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । बुधबारको तुलनामा आज बिहीबार तोलामा सुनको मुल्य ४ सय रुपैयाँले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९६ हजार ४ सय रुपैयाँ थियो ।

 

यस्तै तेजाबी सुनको मुल्य पनि बढेर तोलाको ९६ हजार ३ सय रूपैयाँ कायम गरिएको छ । हिजो तोलाको ९५ हजार ९ सय रुपैयाँ थियो ।

 

यसैगरी चाँदीको मुल्य पनि बढेको छ । हिजोको तुलनामा आज तोलामा १० रुपैयाँले चाँदीको मुल्य बढेको हो । महासंघले आजका लागि चाँदीको मुल्य तोलाको १३ सय २५ रुपैयाँ कायम गरेको छ । यो साता सुनचाँदीको मुल्यमा उतारचढाव भइरहेकाे छ ।