तुलसीपुरमा सासु बलात्कार गर्ने ज्वाई पक्राउ

काठमाडौ,असोज ३ । तुलसीपुरमा ज्वाईले सासुलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ निबासी वकील शर्मा पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

केहि दिन अघि कुटपिट गरेर लखेटिएकी छोरीलाई पठाउन आएकी सासुलाई गएराति बलात्कार गरेको पिडित महिलाले जानकारी दिएकी छन् ।

 

सासुले दिएको जाहेरीका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घटनाको वास्तविकताकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।