आज मिति २०७७ साल असोज ६ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष – सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

 

मिथुन- कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

 

सिंह-आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

 

तुला –बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

धनु – आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।

 

कुम्भ –आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

 

वृष – बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

कर्कट – छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट रणरो नै हुनेछ ।

 

कन्या- आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

 

 

वृश्चिक – आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नतापनि बढ्न सक्छ ।

 

 

मकर – आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

 

मीन-आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ । –