आज बुधबारको मौसम पूर्वानुमान

काठमाडौं,असोज २१। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजकाे मौसम बुलेटिन जारी गरेकाे छ । आज मौसम बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

 

हालको मौसमको अवस्था यस्ताे रहेकाे छ, प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक दुइ स्थानमा वर्षा भइरहेको छ ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै राती प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २२ गते बिहिबार

दिउँसो :प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती :देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २३ गते शुक्रबार

दिउँसो: प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।