तिब्बत मामला र दलाई लामा चयन प्रक्रिया

तिब्बती भाषामा ‘दलाई’ भनेको समृद्ध र ‘लामा’ भनेको ‘पण्डित’ हो । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ । दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको ‘बोधिसत्व’ दर्शनमा आधारित अवतारवादको अटुट् श्रृङ्खला हो ।

दलार्इ लामालाई विश्वभरिका बौद्ध धर्मावलम्बीहरु ‘बोधिसत्व आर्य अवलोकितेश्वर’का जिवित अवतारका रुप मान्दछन् । दलाई लामा तत्कालीन तिब्बतको राजा र प्रमुख धर्मगुरु मानिन्छन् भने ‘पञ्चहेन लामा’ दलाई लामा पछिका तिब्बती धर्मगुरु मानिन्छन् । हालसम्म चौधवटा दलाई लामा मध्ये तीन जनाले मात्र राम्ररी शासन चलाउएको देखिन्छ ।    

 

दलाई लामाको मृत्युपछि अस्थायी दलाई लामाको चयन गरिन्छ । अस्थायी दलाई लामाले तीनचार वर्षपछि दलाई लामाको अवतार लिएर जन्मेको बालकको खोजी गर्न अनुमति दिन्छन् । पूर्व दलाई लामाको मृत्युपछिका ४९ दिनदेखि दुर्इ वर्षसम्म जन्मिएका बालकलार्इ दलाई लामाले प्रयोग गरेका वस्तुहरू देखाइन्छ । जुन बालकले भूतपूर्व दलाई लामाले दैनिक जीवनमा प्रयोग गरेका वस्तुहरूलाइ यी त मैले पूर्व जुनीमा प्रयोग गरेका वस्तुहरू हुन् भनि चिन्दछ त्यसैलाइ नै दलाई लामा घोषित गरिन्छ ।

 

दलाई लामाको परम्परा महागुरू ‘जे शोङ्खापा’को शिक्षामा आधारित ‘टासिलुन्पो मठ’का प्रथम मठाधिश परम पावन ‘गेदुन ड्रुप’ ( सन् १३९१ -१४७४) बाट शुरु भएको इतिहाँस भेटिन्छ । गुरू ‛जे शोङ्खापा’ द्वारा प्रतिपादित ‛कादम’ विचार धारालाई वादका रुपमा व्यापक प्रचारप्रसार गरे र कादम सम्प्रदायको विकासमा अतुलनीय योगदान गरे । पछि उनैले ‛टासिलुन्पो विहार’ बनाए र त्यसलाई ‘कादम’ सम्प्रदायको प्रमूख शिक्षा केन्द्रको रुपमा विकाश गरे ।

 

चौँथो दलाई लामा ( योन्तान ग्यात्सो ) मङ्गोलियन शाही घरानामा जन्मेका पहिलो गैह्र तिब्बती दलाई लामा हुन् । छैठौं दलाई लामा त्साङ्याङ ग्यास्तोको जन्म तावङ्ग इन्डिया अर्थात् आजको अरूणाञ्चलमा भएको थियो । पाँचौँ दलाई लामा ‛लोब्सांग ग्यात्सो’ले तिब्बती सरकार र दलाई लामाको प्रधान निवासका रुपमा ‘पोताला दरबार’को निर्माण गराए ।

 

उनले तिब्बतमा शिक्षा, संस्कार र स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय कार्य गरेका कारण उनलाइ स्थानिय तिब्बतीहरुले ‘महान पाँचौँ’का रूपमा पनि सम्बोधन गर्ने गर्दछन । तिब्बती पाँचौँ दलाई लामा ‛लोब्सांग ग्यात्सो’लाई सबैभन्दा सबल र सुधारक मानिन्छ ।

 

दलार्इ लामा ‘गेलुक’ समूहका नभएर मङ्गोल साम्राज्यबाट नियुक्त भएका मंगोल साम्राज्यभित्रको धार्मिक गुरुको रुपमा नियुक्त गरिएका हुन् भनिन्छ । तिब्बती गेलुकहरुको धार्मिक गुरु दलार्इ लामा नभएर ‛ग्रान्डेन डिपा’ हुन् भनिन्छ तर ग्रान्डेन डिपा दलाई लामाबाट नियुक्त हुँन्छन् ।

 

तिब्बतकै केही भागमा गेलुकहरुलाई मङ्गोलहरुको मध्यस्थता भएकाले सोह्रौं शताब्दीको मध्यतिर ‛राता टोपीवाला’ भनेर चिन्ने गरिन्थ्यो । र, गेलुक नेतृत्वको जिम्मेवारी समग्र तिब्बतमा भेटिदैन पनि । गेलुकका मुख्य धर्म गुरु सोनाम ग्यात्सो १५७८ मा धार्मिक उपदेश दिन मङ्गोलिया गएका बेला धार्मिक उपदेशबाट प्रशन्न भएपछि मङ्गोलियन राजा अल्टान खानले सोनाम ग्यात्सोलाई ‘दलाई लामा बज्रधारा’ नामक उपाधी दिएका थिए ।

 

त्यसैले पनि दलार्इ लामा गेलुक समूहका होइनन् भन्ने गरेको हुनुपर्छ । तर सोनाम ग्यात्सो भन्दा अगाडी नै तिब्बती मूलकै गेदुङ् ड्रुपबाटै दलार्इ लामाको सुरू भएको कुरालाइ नकार्न भने मिल्दैन ।

 

तिब्बती बुद्धिष्टहरू र जानकारका चासोका विषय भने रहेका छन् । के देखिन्छ भने १५ औँ शताब्दीतिर चीनियाँ मङ्गोल र तिब्बती शाक्यमूनीहरूबाट टुक्रिएको समूह नै गेलुकका नाममा चिनियो । उसले आफू नै असली तिब्बती बुद्धिष्ट भन्दै बुद्ध धर्मको धार्मिक ग्रन्थलार्इ मान्न थाल्यो र मंगोलबिच हावी हुँदै गयो । तिब्बतमा गेलुकलाइ ‛पहिलो टोपी बुद्धिष्ट’ भन्ने गरेको पनि पाइन्छ । 

 

९ औँ शताब्दीको मध्यदेखि तेह्रौं शताब्दीको मध्यसम्म तिब्बत टुक्रा टुक्रामा विभाजित भयो । दर्जनौं राजा रजौटाहरु भए । मुलूक नै दर्जनौं क्षेत्रमा बाँडिए पछि बुद्ध धर्मपनि विभिन्न समूहमा विभाजन भयो । तर, एउटा पक्षले नेतृत्व गर्दै आएकोले यो हाम्रो धर्म हो भनी घोषणा गर्‍यो र धर्मलाइ  मुख्य धार्मिक शक्तिको रुपमा मान्न थाल्यो । तेह्रौं शताब्दीको मध्यतिर मंगोलहरु चीनको शक्तिमा आएपछि आफ्नो पहुँच तिब्बतसम्म पुर्‍याए ।

 

 त्यतिखेर तिब्बती राजा रजौटाहरुको शक्ति र अल्पमतमा परेका अन्य धार्मिक समूहवीच ठूलो संघर्ष भएको थियो । मङ्गोलहरु तिब्बतका बुद्धधर्मावलम्वी शाक्य मुनीहरुसँग सम्झौता गर्न पुगे । मंगोलियनहरुले तिब्बती बुद्धधर्मलाई स्वीकार गरेपछि संस्कृति, चालचलन, चाडपर्व र राजनीति समेतलाई आत्मसात गरे । बुद्ध धर्मालम्वीहरुको समूह बलियो बनेपछि युरोपियन चर्चहरुसँगको तनाव झन चर्किएर गएको थियो ।

 

यसरी हेर्दा तिब्बतमा गेलुकको प्रवेश कर्मपा समुदायको ह्रासपछि मात्र भेटिन्छ । गेलुक भन्दा अघि तिब्बतमा कर्मपा सम्प्रदायको शासन देखिन्छ । कर्मपा बौद्ध परम्पराकै एक सम्प्रदाय हो । जुन बुद्धको अनुयायी मानिन्छ । कर्मपाको अर्थ बुद्धचर्या अथवा बुद्धले दिएका उपदेशको अनुशरण गर्नु या निर्देशित बाटोलाई प्रधानता दिनु भन्ने हुन्छ ।

 

कर्ग्युपका सर्वोच्च मठाधीशलाई गुरूको रूपमा सम्बोधन गर्ने वाक्य नै कर्मपा हो । गेलुकका अवतारी मठाधिसलाइ दलार्इ लामा सम्बोधन गरे जस्तै । कर्म कर्ग्युको थालनीभन्दा अघि निङ्मपाको परम्परामा थियो । स्थानीय मान्यता र विश्वासलाई समेटेर बौद्ध धर्मलाई भोटमा लागू गरिएन ।

 

बोन आदि धर्मालम्बिको विद्रोहका कारण विकसित हुँदै गरेको बौद्ध परम्परामा विचलन आयो । विकृतिको रूप लियो । बुद्ध वचनमा निर्देशित कर्मलाई विशेष जोड दिएर बौद्ध परम्पराको पुनरोत्थानको आवश्यकता महशुस गरेपछिको प्रतिफल नै तिब्बतमा कर्मकर्ग्युको प्रादुर्भाव भएको हो ।

 

पहिलो कर्मपा दुसुम खेन्पा (सन् १११०–११९३) हुन् भने अहिलेका १७औँ ठिनले थाये दोर्जे (१८८३) हुन् । पहिलो कर्मपा दुसुम् खेन्पा सोझै लोचावा आचार्य गम्पोपाका चेला हुन् उनि भारतीय बौद्ध तान्त्रिक परम्पराको महान् र अत्यन्त प्रचलित महामुद्राका ज्ञाता मानिन्छन् । दोस्रो कर्मपा कर्म पाक्क्षी हिमाली बौद्ध परम्परामा अवतार लिने पहिलो टुल्कु र मंगोल बादशाह कुब्लाइ खाँको राजगुरु हुन् ।

 

१२ औँ कर्मपा छाङ्छ्युव दोर्जे (सन् १७०३–१७३२) कर्मपाले नेपाल भ्रमण गरेर महामारी नियन्त्रणलगायत जनताका रोग निधान गरेका थिए । साथै अनेक धार्मिक काम गरेको इतिहाँस भेटिन्छ ।  कर्ग्युपाको मठाधीशको रूपमा मुल हाँगाको रूपमा ग्यल्वा कर्मपालाई मानिन्छ । कर्मपाबाहेक गेदेन, दाग्पो, डिगुङ, डुगप, श्याङ्प, ढागकार आदि हाँगाको रूपमा कर्ग्यु सम्प्रदायका केन्द्र स्थापित भएका छन् ।

 

कर्ग्युप परम्परामा अत्यन्त आदर साथ मगधका महापण्डित सिद्ध तिलोपालाई आदिबुद्ध बज्रधर अर्थात् तिब्बती बोलीमा दोर्जेछाङ्को रूपमा लिइन्छ । काठमाण्डुको नागार्जुन फेदी रानीवनस्थित श्यामर रिन्पोछेको विशाल श्यार मिनुव नामक केन्द्र छ । नेपाली गोन्पा र विश्वमा छरिएका हजारौं केन्द्रको जिम्मेवारी वर्तमान १७ औं ग्यल्वा कर्मपा ठिन्ले थाये दोर्जेमै निहित छ ।

 

तिब्बती पाँच बौद्ध सम्प्रदाय कग्युद, ञिङ्मा, गेलुक, जोनङ् र बोन मध्ये एक हो । बोन धर्म, तिब्बतको प्राचीन र पारम्परिक धार्मिक प्रथा हो । यो प्रथा बौद्ध धर्म भन्दा पहिले देखि नै तिब्बती संस्कृतिमा प्रचलित रहेको पाइन्छ । बौद्ध र बोन धर्मको पूजा परम्परा पनि छुट्टै किसिमको छ ।

 

बोन धर्मका संस्थापक ’तन्पसेन्द्रुप‛लाइ मानिन्छन् र उनैलाइ नै गुरू भनिन्छ । अन्य धर्मले मानव निर्मित मूर्तिलाइ भगवान मानेर पुजे जस्तै बोन धर्मालम्वीहरूले प्रकृतिलाइ देवता मानेर पुज्दछन् । बोन धर्म तिब्बतमा मात्रै होइन मध्य एसियासम्म फैलिएको पाइन्छ ।

 

तिब्बत लगभग  १३ सय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मञ्चुहरुवीच बाँडिएको थियो । लगभग छैठौंदेखि नवौं शताब्दीसम्म तिब्बतले चीनको तत्कालीन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुगेको थियो । तर, सत्रौं शताब्दीदेखि बीसौं शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, आंतक र तनावबाट गुज्रिरह्यो । अनि निरन्तर सुरक्षाको खोजी गर्दै आयो ।

 

कहिले मंगोल साम्राज्यवाद त कहिले चीनका मञ्चुहरुबाट प्रताडीत भैरह्यो । मंगोलियन साम्राज्यले तिब्बतबाट  चासो घटाउँदै लगेपछि त्यसको एकल ठाउँ चीनका मञ्चुहरुले लिन पुगे । सन् १६५० को दशक वरिपरि तिब्बतमा मञ्चु, मङ्गोल र वइरातको बिच एकआपसमा ठूलो लडाइँ भयो ।

 

तत्कालिन पाचौँ दलाई लामा लोब्सांग ग्यात्सोले विभिन्न भूखण्डमा टुक्रिएको तिब्बतको एकिकरण गरि एकिकृत तिब्बतका प्रथम प्रशासकिय तथा धार्मिक नेताका रुपमा तिब्बतमा शासन गरेका थिए । १३ औँ दलार्इ लामाले सन् १९१२ मा ‛स्वतन्त्र तिब्बत’ घोषणा नै गरेका थिए । १४ औँ चुन्ने बेला चीनले तिब्बतमाथि आक्रामण गरेको थियो । सन् १९५० मा भएको तिब्बत र दलार्इ लामाको विवाद अहिलेसम्म सल्टिएको छैन र सल्टिने पनि देखिदैन…..

 

सन् १७२० मा चिनिया“ सैनिकहरुले पहिलो पटक तिब्बतमा शान्ति स्थापना गरेको देखिन्छ । पछि तिब्बतीमा अबरोधले भइरहेकाले फेरि लडाई भयो र पूनः १७५० मा चिनियाहरुले तिब्बतमा शान्ति स्थापना गरेका थिए । करिब ४० को दशकमा चीनले तिब्बतमाथि पूनः आक्रामण गरेको थियो । 

 

चीनको केन्द्रिय सरकारले १९४९ मा बेजिङमा तिब्बतसँग दुई पक्षीय दूतावासीय सम्झौतामा ‘ऐतिहासिक तथ्यका अनुसार तिब्बत चीनको एउटा भाग मात्र हो ।’ भनिएको छ । भनिन्छ सन् १९४९ भन्दा पहिलो तिब्बत र चीनबिचका भए गरेका सम्झौताहरू चीन अघि सार्न चाहान्न किनकी त्यतिबेलाका सम्झौताहरु अन्यायपूर्ण थिए भन्ने चीनको बुझाइ रहदै आएको छ ।

 

 नवौं शताब्दीदेखि बिसौं शताब्दीसम्म लार्इ हेर्दा तिब्बतको कसैसँग आधिकारिक एकता देखिन्छ न त आफैमा तिब्बत स्वतन्त्र नै देखिन्छ । सन् १९४९ मा चीनले तिब्बतमाथि हमला गरेपछि दलाई लामालाई सम्पूर्ण राजनीतिक सत्ता सुम्पन भनियो ।

१९५४ मा माओत्सेतुङ, देङ सियोपिंग जस्ता चीनियाँ नेतासँग वार्ता गर्न बेइजिङ गए भेट उपलब्धिमूलक बन्न सकेन । सन् १९५९ मा ल्हासामा चीनियाँ सेनाद्वारा तिब्बती राष्ट्रीय आन्दोलन दवाइएपछि लामा निर्वासित हुन बाध्य भए ।

सन् १९५९ मार्च १० मा उनले तिब्बती भूमि छोडेर भारतको शरणमा गए । भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूले उत्तर भारतको शहर धर्मशालामा बस्ने व्यवस्था मिलाईदिए ।

 

अहिलेपनि भारतस्थित हिमाञ्चल प्रदेशको एक धर्मशालामा बस्दै आइरहेका छन् । निर्वासित तिब्बत सरकारको केन्द्रिय प्रशासनको मुख्यालय पनि धर्मशालामा नै छ । तिब्बतमा चीनको हमला पछि दलाई लामालाई संयुक्त राष्ट्रसंघले तिब्बत मुद्दा सुल्झाउन अपील गरेको छ । संयुक्त राष्ट्रसंघ महासभा द्वारा यस सम्बन्धमा १९५९, १९६१ र १९६५ मा प्रस्ताव पारित भैसकेका छन् ।

 

तिब्बतको मुक्तिको लागि अहिंशक संघर्ष जारी राखेको भन्दै सन् १९८९ मा ’नोवल शांति पुरस्कार‛ प्रदान गरिएको थियो । अहिंशाको नीतिको समर्थन गर्न पाँच शुत्रिय शान्ति योजना अगाडी सारेपनि चीनले कुनै प्रतिक्रिया दिएको छैन । निर्वासनमै रहेर ‛निर्वासित तिब्बती संसद’ को निर्वाचन गराएर एउटा राज्यले गर्नुपर्ने सबै प्रकृया अवलम्बन गरिरहेका छन् ।

 

सन् १९५९ देखि भारतको धर्मशालामा जीवन व्यतित गरिरहेका १४ औँ दलार्इ लामाको नाम तेन्जिङ् ग्यात्सो हो । उनको जन्म १९३५ जुलाइ ६ मा उत्तर पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो । यिनका कतिपय अभिव्यक्ती विवादास्पद मानिदै आएका छन् ।

 

 कुनै बेला उनले आफू तिब्बतको अन्तिम दलाई लामा घोषणा गर्दै अब अर्को दलार्इ लामाको अवतार र घोषणा नहुने विश्वमा बुद्धको ज्ञान प्रचार गरि शान्ति स्थापना गर्ने साथै अब तिब्बतले स्वतन्त्रता नखोज्ने तर तिब्बतमा धार्मिक स्वतन्त्रता हुनुपर्ने कुरा गरेका थिए । सन् २०१५ मा बिबिसी सेवाको अन्तर्वार्तामा आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने बताएका छन् । तर ती महिला आकर्षक हुनुपर्नेमा पनि जोड दिएका छन् ।

 

उनको तर्क छ बौद्ध साहित्यमा भित्री र बाहिरी दुवै सौन्दर्यको उत्तिकै महत्त्व रहेकोले सौन्दर्य बुद्धि जत्तिकै महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको र आफू लैङ्गिक समानता र महिलालार्इ कार्यस्थलमा समान पारिश्रमिक र समान अधिकारको पक्षमा रहेको बताएका छन् । २०१९ जुन २७ बिबिसी सेवाको अन्तरवार्तामा लामाले अमेरिकी पहिला नीतिको आलोचना गर्दै डोनाल्ड ट्रमलाइ नैतिक आदर्शविमुख भएको टिप्पणी पनि गरेका छन् । आफू तिब्बत फर्किने आशा अझैँ नमरेको भन्दै चीन सरकारको सोच साँघुरो रहेको पनि बताएका छन् ।

 

उत्तर प्रदेशको मेरठस्थित डिएभी सेन्ट्रल पब्लिक स्कूलमा भारतीय स्कूलका लागि युनिभर्सल एथिक्स करिकुलमको लञ्च गर्ने कार्यक्रममा छात्रछात्राले गरेको प्रश्नमा बुद्ध भारतिय भनेर बताएका थिए । बुद्ध चिनियाँ हैन, तिब्बती हैन, भारतीय हुन्। प्राचीन समयमा एक महान भारतीय गुरुको शिक्षा पूरै एसियामा फैलिएको थियो भन्ने विवादास्पद अभिव्यक्ती दिएपछि नेपाली रहेका सर्वत्र ठाउँबाट दलार्इ लामाको विरोध भयो ।

 

भोलिपल्ट आफूले त्यसो नभनेको बुद्ध नेपालमै जन्मेका हुन् भनेर प्रेसवक्तव्य नै निकालेका थिए । सन् २०१७ फ्रेबुअरी ८ तारिखमा भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामाको उपस्थित हुने थाहा पाएपछि तत्कालिन सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी थिइन् ।

 

 नेपाल एक चीन नीतिका पक्षमा रहेकाले दलाइ लामा उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदा छिमेकी मुलुक चीनले आपत्ति जनाउन सक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरिएको संसद् सचिवालयकाअधिकारीहरूले बताएका थिए । बौद्ध धर्मका प्रमूख मानिने गुरू १४ औँ दलार्इ लामाले लुम्बिनी भ्रमण भने गरेका छैनन्।

चीन सरकारसँग सम्बन्ध बिग्रेला कि भनेर नेपाल सरकारले भ्रमण गर्न अनुमति दिदैन भनिदै आएकोछ । स्वतन्त्र तिब्बतको माग राख्दै बेलाबखत नेपालमा रहेका तिब्बतीले आन्दोलन गर्ने,  आत्मदाह गर्ने गरेका पनि छन् । देशभरि करिब २० हजार तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको अनुमान छ ।

 

तिब्बत स्वायत्त प्रदेश बाह्र लाख वर्ग किलोमिटरमा फैलिएको छ । नब्बे प्रतिशत तिब्बती मूलका मानिस बसोबास गर्दछन्। अमेरिकन भूगर्भ संस्थाको प्रतिवेदन अनुसार तिब्बतको नामग्याल पर्वतमा मात्रै ३७ देखि ४१ टन सुन रहेको दखिन्छ । सन् २०१३ मा ८३ जना तिब्बतियन कामदार सुनखानीभित्र थुनिएर मरेका समाचार पनि आएका थिए ।

 

तिब्बतको अनेक खनिज पदार्थमा पश्चिमाले आँखा गाडेकोले बिबाद झिकेर दलार्इ लामालार्इ उचालि रहेको चीन सरकारको मत रहदै आएको मानिन्छ । चीनको बिरोध हुँदाहुँदै अमेरिकी राष्ट्रपति बाराक आबामाले सन् २०१० मा दलार्इ लामासँग भेट गरेका थिए । अमेरिकी जासुसी संस्था सिआइएको हतियार र आर्थिक सहयोगमा दलार्इ लामाले खम्पा युद्ध लडेको आरोप लाग्दै पनि आएको छ ।

 

त्यस्तै अमेरिकी शक्ति अझ खास गरी सीआइएले दलाई लामालाई वार्षिक १ लाख ४६ हजार अमेरिकी डलर दिएर राजनीतिक स्वार्थ पूरा गर्न चीनको विरोधमा लगाउँदै आइरहेको छ भन्नेपनि गरिन्छ । १९६० देखि तिब्बती बौद्ध भिक्षुहरूले तिब्बतमा र संसारभर जहाँ शरण लिएर बसिरहेका छन् त्यहिँबाट स्वतन्त्र तिब्बतको माग गर्दै आन्दोलन र आत्मदाहसम्म गर्दै आइरहेका छन् । मार्च १० को दिनलाइ संसारभर बसोवास गर्दै आएका तिब्बतीहरुले कालो दिनका रूपमा मनाउँने गर्दछन् ।