नेपालमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १४०३ जना संक्रमित

काठमाडौं,असोज २८ । नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् ।त्यस्तै काठमाडौं जिल्लामा ९९६ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ जना रहेको मन्त्रालयले जनाएकाे छ ।