मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको मन्त्रालय खोसियो,हेर्नुस् को के मन्त्री बने (सूचीसहित)

काठमाडौं,असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

 

यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्ने छ ।

हेर्नुस् को के मन्त्री बने