नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १९३५ जना संक्रमित

काठमाडौं,असोज,२९। नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा ३७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्।  त्यस्तै काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना संक्रमित थपिएका छन् ।

 

याे सँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।