नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकाका थप १७४६ जनामा संक्रमित

काठमाडौं,कार्तिक १ । नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार बितेयको २४ घण्टामा १५,४३८ जनाको पीसीआर परिक्षण गर्दा ३१६७ जनामा संक्रमण पुष्टि भएको छ।

 

काठमाडौं उपत्यकाका थप १ हजार ७४६ जनामा संक्रमित भएका छन्। काठमाडौंका १४५१ जना, ललितपुरका १५२जना र भक्तपुरका १४३ जना छन् ।

 

हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ । यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ । 

 

 मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।

 

जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।