यस्तो छ आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक ३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

आज उल्लेखनीय मौसमी प्रणाली केही नरहेको महाशाखाले जनाएको छ।

हालको मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक ०४ गते मंगलबार

दिउँसो : प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती: प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ०५ गते बुधबार

दिउँसो: प्रदेश १, बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती: प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।