आज मिति २०७७ साल कार्तिक ३ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष-कष्ट भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले मेसिन तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु तपाईँकै व्यावहारले टाडिन सक्छन् । काम तथा अध्ययनको सवालमा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आफ्नो गोप्य कुरा अरुले थाहापाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । मन मिल्ने साथिसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ भने घर परिवारको पति पत्नी बीच मनमुटाव बढ्नेछ ।

 

बृष- दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । दैनिक उपभोग्य र औषधीजन्य व्यापारबाट प्रशस्त आम्दानी हुनेछ । भौतिक सम्पती र सवारी साधन प्राप्तिको योग रहेकोछ भने यात्रामा निस्कन सकिनेछ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । माया प्रेममा मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

 

मिथुन –अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

 

कर्कट- नयाँ व्यावसाय थालन नगर्नुनै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभेट्दा नै राम्रो हुनेछ किनकि भेटमा एक अर्कालाई शंकाको दृष्लिे हेर्दा थप समस्या उत्पन्न हुने योग रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बिरामि हुने योग रहेकोछ ।

 

सिंह –राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

 

कन्या- प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

 

तुला – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाईँ आफैलाई आत्मघाति हुन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

 

बृश्चिक- समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

 

धनु –लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

 

मकर –पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

 

कुम्भ-खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगति गर्न सकिनेछ ।

 

मीन – काम गर्दा साबधानि अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुःख हुन सक्छ ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।