नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा १७०२ जना संक्रमित

काठमाडौं,कात्तिक,४ । नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा ३०९३ जनामा संक्रमण पुष्टि भएको हो । 

 

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ।

होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।