खोला र पोखरीमा डुबेर ३ जनाको मृत्यु

काठमाडौं,कात्तिक ८। खोला र पोखरीमा डुबेर रुपन्देही र कपिलवस्तुमा तीनजनाको मृत्यु भएको छ । पोखरीमा डुबेर दुई जना र खोलामा डुबेर एक जना बालकको मृत्यु भएको हो ।

 

बुटवल उपमहानगरपालिका– ८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीले जनाएकाे छ। बुटवलको कालिका मानवज्ञान माविमा कक्षा ४ मा अध्ययनरत उनी शुुक्रबार बुटवलबाट हराएका थिए ।

 

यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं.५ स्थित मतखनवा पोखरीमा कमलको फूल टिप्ने क्रममा स्थानीय ३२ वर्षीय अशोक कुमार पाठक र २६ बर्षीय करमहंस पाठकको मृत्यु भएको हाे ।

 

शनिबार बिहान पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ।