नेपालमा थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १११० जनामा संक्रमण

काठमाडौं,कर्तिक ८ । नेपालमा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

 

 काठमाडौं उपत्यकामा मात्र १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८३२ जना, ललितपुरमा १७६ जना र भक्तपुरमा १०२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।