ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ,कार्तिक १२ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेमबहादुर तामाङ, खडकबहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका महानगरिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

उनीहरूले ट्राफिक चेकजाँच क्रममासवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

 

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरसस् पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

 

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।

 

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ।