नरवणे भ्रमणको विरोधमा भारतीय सेना कालापानी छोड,भन्दै २१ संगठनहरूले कालो झण्डा फहराउँदै माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं,कार्तिक १९। नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २१ राजनीतिक संगठनहरुले माइतीघर मण्डलामा नरवणे भ्रमणको व्यापक विरोध गरिएकाे थियाे। भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

 

भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका नरवणेलाई सम्भावित विरोध प्रदर्शन छल्दै रिङरोडको रुट हुँदै सोल्टीहोटल पु-याइएको थियाे ।

 

नरवणे भ्रमणको विरोधमा प्रदर्शनमा उत्रिएका २१ राजनीतिक संगठनका नेता कार्यकर्ताहरुले काला झण्डा पहराउनुका साथै भारतीय विस्तारवादी हस्तक्षेप र दलाल शासकहरुको विरुद्धमा चर्काे नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले ‘भारतीय सेना कालापानी छोड’को नारा चर्काे रुपमा लगाएका थिए ।

राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेपाली सार्वभौमिकतामाथिको हस्तक्षेप बन्द गर, अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर, विस्तारवादी सेनालाई दिइने नेपाली सेनाको महारथीको पदवी खारेज गर, भारतीय सेना कालापानी छोड, भारतीय विस्तारवाद मूर्दावाद लगायतका नाराहरुसहित भएको विरोध प्रदर्शनकाे संञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रिय सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले गरेका थिए,भने आयोजकहरुको तर्फबाट नेता लोकनारायण सुवेदीले सम्बोधन गरेका थिए ।


विरोध प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताकाे बाग्लाे उपस्थिति रहेकाे थियाे भने केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले सञ्चालनसहित पार्टीका तर्फबाट मन्तव्य पनि राखेका थिए।

 

नेता गजुरेलले अहिलेकाे अवस्था भनेकाे जनताका जनजीवीका कुराहरूमा चिन्ता गर्नेवेला अहिलेकाे दलाल केपी सरकार भारतीय विस्तारवादलाइ खुशी बनाउनमै व्यस्त रहेकाे उनले बताएका छन्। 

त्यस्तै विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए ।


नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको रहेको थियाे।

  त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ।