आफ्नै श्रीमानको हत्या गर्ने महिला पक्राउ

काठमाडौं,कार्तिक १९। कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामीले काठको पिर्का प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट पक्राउ गरेको छ ।

 

  ईश्वरीले आफ्नै श्रीमान ५३ वर्षीय रामबहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

घरायसी विवादको क्रममा ईश्वरीले श्रीमानलाई पिर्काले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।उनलाइ नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।