नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १३९८ संक्रमित,कुन जिल्ला कति थपिए संक्रमित

काठमाडौं,कार्तिक २०। नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका हुन् ।

 

देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ५७४ संक्रमित होम आइसोलेसनमा छन् भने ४२८ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्ला कति थपिए संक्रमित

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १३९८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका १४७ जना छन् ।