आज मिति २०७७ साल कार्तिक २४ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज कामहरु अधुरै रहन सक्छन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहला ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । आफन्त संग रमाइलो भेटघाट हुनेछ । व्यापार ठिकै रहला ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता र शुभ समाचार सुन्न पाइएला ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- वैदेशिक कार्य अघी बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन र प्रसंसा मिल्नेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सफल यात्राको योगपनि छ ।

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु -आज शुभकार्यको चर्चा चल्नेछ । लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि –सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।