नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ९७३ संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,कात्तिक, २७। नेपालमा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।   भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३८४ होम आइसोलेसनमा छन् भने ३७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्। काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।

 

कास्कीका ७१ जना, मोरङका ५७, रुपन्देहीका ५६, तनहुँका ५२, दाङका ५१, काभ्रे र कैलालीका ५०र५० जना, झापाका ४९, बाँकेका ४४, सुनसरी र चितवनका ३९/३९ जना, मकवानपुरका ३६, बर्दियाका २१, स्याङ्जाका २०, गुल्मीका १९, नुवाकोटका १८, पाल्पाका १७, सिराहाका १६, धनुषा, दोलखा र कञ्चनपुरका १४/१४ जना, नवलपरासीका १३, पर्सा, गोरखा र लमजुङका १२/१२ जना, धादिङका ११ र बाग्लुङका १० जना ,सिन्धुपाल्चोक र बझाङका ९/९ जना, सर्लाही, नवलपुर र डडेलधुराका ८/८ जना, सप्तरी र प्युठानका ६/६ जना, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत र रुकुम पश्चिमका ५/५ जना, उदयपुर, बारा, कपिलवस्तु, दैलेख र सल्यानका ४/४ जना, ओखलढुंगा, धनकुटा, रामेछाप, मुस्ताङ र सुर्खेतका ३/३ जना, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बाजुरा र बैतडीका २/२ जना तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।