आज मिति २०७७ साल मंसिर ३ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवार र शिक्षामा सफलता मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । पारिवारिक वातावरण पूर्णरूपले सन्तोषप्रद रहनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते –नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा नयाँ कार्यको थालनीपनि हुनसक्छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो –आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज सन्तानबाट सहयोग मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो –आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्नेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । (ज्यो.प. नारायणप्रसाद दुलाल