यस्तो छ ,आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर ३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आगामी तिन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ।

महाशाखाले त्यस्तो कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ।

हालको मौसमको अवस्था हाल सुदुर पश्चिमको पहाडि भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै दिउँसो प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशको भूभाग, बाँकि पहाडी भूभागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहने छ ।

राती प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

मंसिर ०४ गते बिहिबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

राती : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

मंसिर ०५ गते शुक्रबार

दिउँसो : प्रदेश नं १ र सुदुर पश्चिमको पहडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

राती : प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रही बांकी भुभागमा मौसम सामान्यतया सफा रहने छ ।

 

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भुभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेकाे छ।